मैत्रीसेवाश्रममा एकाहा तथा लक्षवर्तिका प्रज्वलन
यस प्रतिष्ठानका आजीवन सदस्य समाजसेवी तुलसीप्रसाद उप्रेती र उहाँको परिवारका सदस्यहरुद्वारा विश्वाव्यापी रुपमा फैलिएको कोरोना महामारीको सक्रमण भई उपचारका क्रममा २०७७ साल कात्तिक १७ गते (कात्तिक कृष्णपक्षको द्वितीया तिथिका दिन) भौतिक अवसान हुनुभएकी आफ्नी कान्छी दिदी पवित्रा उप्रेती (सिटौला) लगायत समस्त पितृहरुको वैकुण्ठवासको कामना गर्दै यही २०७९ साल जेठ १४ गते शनिवार मैत्रीसेवाश्रममा पहिलो पटक एकाहा तथा लक्षवर्तिका प्रज्वलन कार्यक्रमको आयोजना गरियो । उप्रेती परिवारका झण्डै ३० जना सदस्यहरुको उपस्थितिमा आयोजित उक्त कार्यक्रममा गुरु अच्यूत सुवेदी लगायतका गुरुहरुबाट श्रीमद्भागवत पाठ गरिएको थियो । लक्षवर्तिका प्रज्वलनसमेत गरिएको सो कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष, शकुन्तला दाहाल, उपाध्यक्ष अम्बिका सुवेदी, सञ्चालक हरिप्रसाद दाहाल, कृष्ण प्रजापति र लवसेन दाहाल, कार्यकारी समितिका सदस्य विजयकुमार पौडेल लगायत आजीवन सदस्यहरु, मैत्रीसेवाश्रममा रहनुभएका ज्येष्ठनागरिक र कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमको सम्पूर्ण व्यवस्थापनका लागि समाजसेवी तुलसीप्रसाद/पुनम उप्रेतीले रु १ लाख ४० हजार सहयोग गरि मैत्रीसेवाश्रमको सञ्चालनमा पुर्याउनु भएको योगदानका लागि हार्दिक आभार व्यक्त गर्दै उप्रेती परिवारका सम्पूर्ण पितृहरुको सहज बैकुण्ठ वासको कामना गर्दछौँ ।
