JP Foundation AGM

Details
  • 20 Apr, 2022
  • By - Admin

JP Foundation AGM

२७औँ साधारणसभा सम्पन्न

जे.पी. प्रतिष्ठानको २७ औँ साधारणसभा यही २०७८ साल पौष २३ गते शुक्रवार सम्पन्न भएको छ । नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्वसदस्य–सचिव वरिष्ठ साहित्यकार प्रा.डा. तुलसीप्रसाद भट्टराईको प्रमुख आतिथ्यतामा प्रतिष्ठानको सम्पर्क कार्यालय सरस्वतीनगरमा सम्पन्न २७ औँ साधारणसभाले आगामी तीन वर्षका लागि प्रतिष्ठानकी संस्स्थापक सदस्य शकुन्तला दाहाललाई अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ । प्रतिष्ठानको महासचिवमा डा. बालकृष्ण खनाल र कोषाध्यक्षमा राजाराम यादवलाई निर्वाचित गरेको साधारणसभाले संस्थापक सदस्य हरिप्रसाद दाहाल, आजीवन सदस्यहरु अम्बिका सुवेदी, सीमा पुरी, लेखनाथ दाहाल, अरुण (डि.वि.) पौडेल, कमला खनाल, उमा लोहनी, प्रतिभा निरौला, तेजप्रसाद धमला, अञ्जु शर्मा र एन्जिला दाहाललाई सञ्चालकमा निर्वाचित गरेको छ ।

निर्वाचित संञ्चालक समितिले प्रतिष्ठानको विधानबमोजिम एकजना महिला र एकजना पुरुष गरी दुईजना उपाध्यक्ष, सचिव र सहकोषाध्यक्षको मनोनयन गर्नेछ । प्रतिष्ठानकी अध्यक्ष शकुन्तला दाहालले प्रस्तुत गर्नुभएको आ.ब. २०७७/७८ को बार्षिक प्रतिवेदनलाई पारित गरेको साधारणसभाले आ.ब. २०७७/०७८ को लेखा परिक्षकको प्रतिवेदन पारित गर्नुका साथै आ.ब. २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि दर्तावाला लेखापरिक्षक अमर प्याकुरेल एसोसियट्सलाई नियुक्ति समेत गरेको छ । अधिवक्ता शान्तिराम खतिवडाको संयोजकत्वमा गठित निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यतालिका अनुसार निर्विरोध निर्वाचन सम्पन्न गराउनका लागि आ–आफ्नो क्षेत्रबाट पहल गर्नुहुने सम्वन्धि सवैप्रति आभार व्यक्त गर्दै निर्वाचन समति लगायत सम्पूर्ण सदस्यहरुलाई धन्यवाद ज्ञापन गरेको छ ।